गतिविधिहरु
संचालकहरुको क्षमता अभिबृद्धि तालिम
डिसम्वर 23, 2022
मंसिर २१ देखि २४ गतेसम्म पोखरामा भएको तालिमको उद्घाटन नेफ्स्कुनका संचालक समिति सदस्य कमला देवी गिरिको प्रमुखात्वमा भएको थियो l तालिममा संचालक समितिका पदधिकारी , सदस्य ,लेखा सुपरीवेक्षण समितिका संयोजक , सदस्य ,बिभिन्न उप समितिका सदस्य र ब्यबस्थापन समुहबाट गरी २७ जनाको सहभागीता रहेको थियो l नेफ्स्कुनको प्राबिधिक सहयोगमा संचालित तालिमको सहजीकरण नेफ्स्कुनका ब्यबसाय विभागका प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नु भएको थियो l

