हाम्रो बारे
म्याग्दी जिल्लाको आधा भन्दा वढी भूभागको केन्द्र, दोस्रो ठूलो वजार क्षेत्र दर्वाङ्गमा, देशमा भैरहेको विषम परिस्थितिका कारण भएको सरकारी वैंक राष्ट्रिय वाणिज्य वैंक समेत सदरमुकाममा खुम्चिएको अवस्थामा जिल्लाको समग्र पश्चिमि क्षेत्र लगाएत वाग्लुङ्ग र रुकुम समेतका नागरीकहरुको आर्थिक गातिविधि ठप्प वनेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्षेत्रभित्र सहकारी सेवा प्रवाह गर्दै समग्र नागरीकहरुलाई विप्रेशण लगाएत सेवा उपलब्ध गराई वित्तिय परिचालनलाई सहज पु¥याउने उद्येस्यले स्थापीत संस्थाहरुले आम नागरीकको चाहना अनुरुप कार्य सञ्चालन गर्दै जाँदा तत्पश्चात जिल्लमा सञ्चालनमा रहेका विभिन्न समान लक्ष उद्येश्य राखेका अन्य सहकारी संस्थाहरु समेत एकिकरण भई वनेको विशाल संरचनाको संस्था हो पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था । ३००० भन्दा वढी शेयर सदस्यको दश करोड भन्दा वढी शेयर रकम परिचालन गर्दै सदस्यहरु विच करीव वार्षिक एक अरव को वित्तिय कारोवार सञ्चालन गरिरहेको यस सहकारी म्याग्दी जिल्ला भर कार्यक्षत्र विस्तार गरी म्याग्दी जिल्लाका ६ वटा स्थानिय तहमा सातवटा सेवाकेन्द्रहरु मार्फत नागरीकको घरदैलोमा सहकारी सेवा प्रदान गरिरहेको छ ।
दश हजार शेयर सदस्य सहित म्याग्दी जिल्ला वाहिर समेत सेवा प्रवाह गर्ने लक्ष सहित सदस्य मैत्रि सेवा प्रभावहमा अगाडी वढीरहेको यस सहकारी वाट मोवाइल वैंकिंग, विजुलि तथा पानी को विल भुक्तानि गर्ने सुविधा सञ्चालनमा ल्याइएको छ भने निकट भविश्यमा एटिएम सेवा सुचारु गर्ने योजना रहेको छ । शेयर सदस्यका शिक्षा स्वास्थ्य आयआर्जनमा प्रत्यक्ष सहयोग पु¥याउने कृयाकलापहरु सञ्चालन गर्दै सदस्य मैत्रि सेवा सञ्चालनमा प्रतिवद्ध छौ।
जय सहकारी ।।

