Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

संस्थाद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जुन 9, 2024

संस्थाद्वारा आयोजित हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न

पश्चिम नेपाल साकोस म्याग्दीको आयोजनामा २०८१ जेष्ठ २५ गते शुक्रबार म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकामा बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ , ज्ञानोदय माध्यमिक बिद्यालयमा भएको रघुगंगा गाउँपालिका अन्तर्गतका बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पश्चिम नेपाल साकोसका उपादक्ष्य हरिप्रसाद पौडेलको अध्यक्षता रघुगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत कृष्ण प्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालयका आर्थिक प्रसासन प्रमुख मेघराज शर्माको संचालन तथा भगवती सेवाकेन्द्रका संयोजक श्रीकृष्ण रिजालको स्वागत र ज्ञानोदय माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष्य हरि सुबेदीको शुभकामना मन्तब्यमा कार्यक्रम संचालन भएको थियो जसमा कर्मचारी हरु बेनी सेवाकेन्द्रका प्रमुख सन्तोष शर्मा र भगवती सेवाकेन्द्र प्रमुख समिर सुबेदी लगायत भगवती सेवाकेन्द्र संचालन उप-समिति र ज्ञानोदय माध्यमिक बिद्यालयका शिक्षक ज्युहरुको सहजीकरणमा गाउँ पालिका भित्रका ७ वटा विद्यालयका बिद्यार्थी प्रतिनिधि हरुको सहभागितामा मुक्तिधाम माध्यमिक बिद्यालय भगवती प्रथम रघुगंगा माध्यमिक बिद्यालय पिप्ले दित्तीय र मालिका आधारभूत बिद्यालय ठाडाखानीले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए , यसै गरि सोहि दिन मंगला गाउँ पालिका अन्तर्गतका बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पश्चिम नेपाल साकोसका अध्यक्ष भीमप्रसाद गौतमको अध्यक्षता मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण सुबेदी ज्युको प्रमुख आतिथ्यतामा सचिब कृष्ण प्रसाद आचार्यको संचालन तथा कोषाध्यक्ष श्रीराम पौडेल ज्युको स्वागत मन्तब्यमा कार्यक्रम संचालन भएको थियो भने केन्द्रीय कार्यालयका मुख्य ब्यबस्थापक प्रेमलाल कंडेल र बाबियाचौर सेवाकेन्द्रका प्रमुख राजकुमार पाण्डे सहित बाबियाचौर सेवाकेन्द्र संचालन उप-समिति लगायत मंगला मा. बि का शिक्षक ज्युहरुको सहजीकरणमा मंगला गाउँपालिका भित्रका ८ वटा विद्यालयका बिद्यार्थी प्रतिनिधि हरुको सकृय सहभागितामा मंगला माध्यमिक बिद्यालय बाबियाचौर प्रथम शारदा माध्यमिक बिद्यालय छिस्बांग दित्तीय र शिद्दशान्ति माध्यमिक बिद्यालय हिदी तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए दुवै कार्यक्रममा प्रथम, दित्तीय र तृतीय स्थान प्राप्त गर्ने बिद्यालय हरुलाई प्रमाण पत्र सहित पुरुस्कार स्वरुप क्रमसः रु.१०,०००/-रु.७,५००/- र रु ५,०००/- प्रदान गरिएको थियो

संस्थाद्वारा आयोजित हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न संस्थाद्वारा आयोजित हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न संस्थाद्वारा आयोजित हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न