गतिविधिहरु
संस्थाको १६औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम
मार्च 26, 2023
यस पश्चिम नेपाल बचत तथा ऋण सहकारी सस्थाको १६औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान तथा फलफुल वितरण गरिएको हो l बेनी अस्पतालमा उपचार गराईरहेका ३२ जना बिरामीलाई फलफुल बितरणका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले संचालन गरेको रक्तसंचार गृहको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो l बेनी नगर पालिका प्रमुख सुरत केसी ज्युको प्रमुख आतिथ्यता , सस्थाका उपाध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षता र सचिव कृष्ण प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो l बि.स २०६३ चैत ११ गते दरबाङ्गमा स्थापना भएको सहकारीले अन्य बिभिन्न सहकारीलाई एकीकरण गरेर हाल दरबाङ्गमा मुख्य कार्यालय रहेको सहकारीको बेनी ,तातोपानी , ताकम ,बाबियाचौर ,पोखरेबगर ,भगवती र नव कालिगण्डकी वारी बेनी गरी ०८ वटा सदस्य सेवा केन्द्र छ l

