Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

PEARLS अनुगमन प्रणाली तालिम

मार्च 4, 2021

PEARLS अनुगमन प्रणाली तालिम

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा फिल्ड कार्यलयको आयोजनामा म्याग्दीको बेनी बजारमा ३ दिने PEARLS अनुगमन प्रणाली तालिम सम्पन्न भएको छ । पुस ९ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिममा १५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट सन्चालक समिति, लेखा समिति, व्यवस्थापक र अन्य कर्मचारी गरी २८ जना सहभागी हुनुहुन्थ्यो ।\ तालिम समापन समारोहमा नेफ्स्कून सञ्चालक चण्डी प्रसाद शर्मा पौडेलले सहकारीको सुशासन व्यवस्थापनका लागि PEARLS तालिम सहयोगी सिद्ध हुने बताउनुभयो । उहाँले तालिम कार्यक्रहरुले संस्था सञ्चालक समिति उपसमितिमा रहेकाहरुको ज्ञान, सीप र धारणा विकास गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो । पश्चिम नेपाल साकोसका सचिव हरि पौडेल अतिथि रहुनभएको कार्यक्रमको अध्यक्षता नेफ्स्कून पोखरा फिल्ड कार्यलय व्यवस्थापन उपसमिति सदस्य रामजी सुवेदीले गर्नुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

PEARLS अनुगमन प्रणाली तालिम PEARLS अनुगमन प्रणाली तालिम